गजल
जसले हिजो मलाई राम बनायो
त्यसैले आज निल डाम बनायो
बाबा बाचामा हार्नु भो , आमाको शिरोपर
मेरो वनवासले उनीलाई आराम बनायो
छलेर दुष्ट त्यो , रावण भनाउँदाले
मेरी सीता हरेर संगा्रम बनायो
पहाड खस्यो हामीमा , मर्नु र बाँच्नु भो
त्यो दुर्घटनाले जिन्दगी विराम बनायो
आज धर्मको नाममा पापीहरूको निम्ति
पाप कटाउन त्यो , चारधाम बनायो ।
मानन्धर अभागी