२-मुक्तक : By, कल्पना पौडेल "जिज्ञासु"



मुक्तक :

१,
दिन ढलेर के भो प्रिय अझै रात बाकीं छ
भन्नु पर्ने तिमी संग एउटा बात बाकीं छ
डुबी रहेयौ रात भरी नशालु यी नयनमा
अधरमा हेर्दा लाग्छ कतै मात बाकीं छ

२,
मिठो स्वप्न बनि आइदेउ न निदरिमा
सुटुक्क लुकाएर राख्ने थिए कलेजीमा
मेरो खुशी जिन्दगी तिमीनै बाच्ने आधार
अनौठो त्यो बेचैनी हुदो रैछ पिरतीमा

कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com