मुक्तक
१,
म त हजुर स्वदेशमै सुन फलाउन खोज्दैछु
झोला बोकी आसाको नुन गलाउन खोज्दैछु
प्रदेशिको गुलामीमा आधा उमेर बिते पछी
बल्ल देशमै जागरले खुन चलाऊन खोज्दैछु
२,
फलेको वृक्ष सधैं झुलेको राम्रो हुन्छ
पौरखीको आर्जन घुलेको राम्रो हुन्छ
एकै नाश त सधैं कहाँ हुन्छ मौसम
त्यै पनि ति फुलहरु फुलेको राम्रो हुन्छ
मान थापा ' बुलन्द'
बाग्लुंग गल्कोट
हाल काठमाडौँ