कार्यक्रम साझा सवाल, भाग-327: Local Election . . .


जिल्ला विकास समिति, नगरपालिका, गाउँ विकास समितिजस्ता स्थानीय निकाय जनप्रतिनिधीविहिन भएको ११ वर्ष भइसक्यो । तत्कालीन राजा ज्ञानेन्द्रले गरेको निर्वाचनलाई छोड्ने हो भने देशमा २०५४ सालमा अन्तिम पल्ट स्थानीय निकायको निर्वाचन भएको थियो । प्रधानमन्त्री सुशील कोइरालाले पदमा विजयी हुनासाथ ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने भनी घोषणा गरे ।

त्यसो त, संविधानसभा निर्वाचनको बेला प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस र एकीकृत नेकपा (माओबादी) ले ६ महिनाभित्र र नेकपा (एमाले) ले एक वर्षभित्र स्थानीय निकायको चुनाव गरिसक्ने प्रतिबद्धता गरेका थिए । के त्यसो भए २०७१ सालको साउनभित्र स्थानीय निकायको निर्वाचन भइसक्छ त? सुनसरीको धरान नगरपालिकास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा रेकर्ड गरिएको यो साझा सवालमा निर्वाचन आयोगका आयुक्त इला शर्मा, नेकपा एमालेका नेता तथा जिल्ला विकास समिति महासंघ नेपालका पूर्व अध्यक्ष कृष्णप्रसाद सापकोटा र एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य मुक्सामहाङ मेन्याङ्बो हुनुहुन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com