गजल :
हुर्किन नपाउँदै आज त्राश भो जिन्दगी
माया बस्नु अघि लास भो जिन्दगी
भावीले लेखेको भाग्य कस्तो अभिशाप भयो
निस्तो भातझैं औषधि गाँस भो जिन्दगी
अकल्पनीय रोगले निम्त्याए पछि आफूमा
शत्रु भन्दा नि ठूलो आभाष भो जिन्दगी
हाँसीखुसी दिन गन्दैछे निराश उनी देखिन्छे
कल – कलाउँदो उमेरमै नाश भो जिन्दगी
आधा त्यो उमेर अझै बाँकी नै रहेछ
समय पुग्नु अगावै अवकाश भो जिन्दगी ।
मानन्धर अभागी