'गीत'
कुनै चिन्ता छैन मलाई यो जिन्दगी ढल्किन देउ
दिन ढल्दा अँधेरीमा तिमीलाई सम्झि कल्पिन देउ
उदाएका सबै तारा हुन्छन् भन्ने हुन्न बिहान
लाखौँ सपना मरि सके हाँस्दै छन् आफ्नै चिहान
कुनै ठुलो होइन आँशु यी आँखामा छल्किन देउ
दिन ढल्दा अँधेरीमा तिमीलाई सम्झि कल्पिन देउ
पागल हुन्छन् कति प्रेममा हिँड्छन् कति मर्छु भनि
प्रेमको नाममा आफ्नै आत्मा अन्त्य गर्छु मनि
हाँसी-हाँसी सहन्छु पिडा नसा भरि सल्किन देउ
दिन ढल्दा अँधेरीमा तिमीलाई सम्झि कल्पिन देउ
कुनै चिन्ता छैन मलाई.....
....तिमीलाई सम्झि कल्पिन देउ ।
शब्दरचना : राजेश रुम्बा लामा 'अतृप्त'
चितवन ।