' गजल ' By, कल्पना पौडेल "जिज्ञासु"



' गजल '

पलपल यो जिन्दगीमा हारेर म बाचेकीछु
आखा बाट बर्बर आशु झारेर म बाचेकीछु

बेदनाको पोको बाहेक छैन केहि आफु संग
त्यसैले त पिउने बानि पारेर म बाचेकीछु

प्रदेशीय बाध्यतामा साना सन्तान छोडेर
उन्कै तस्विर हेरी दिन टारेर म बाचेकीछु

दुरी टाढा हुदा आज प्यारा पनि पराइ भए
शोकै शोकले आत्मलाई मारेर म बाचेकीछु

यसरीनै लिलाम भए खुशी अनि रहरहरु
चाहना छिर्ने मनलाई बारेर म बाचेकीछु

कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४, नवलपरासी
हाल:इजरायल


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com