Help Nepal Network सहयोग अभियानको बेतलेखेम र Dead Sea भ्रमण I



इज़रायल माघ २२ ,

अहिले नगरे कहिले गर्ने !!
हामीले नगरे कसले गर्ने !!

पुष्प श्रेष्ठ : नेपालीले नै नेपाललाई गर्नु पर्छ भन्ने उदेष्यले सुरु भएको हेल्प नेपाल नेटवर्कको यस अभियानमा मात्र नेपालीहरुको सहयोगमा रु.दस करोडको अक्षय कोष खडा गर्ने महत्वाकांक्क्षा सहित स्थापित यो एउटा महान उद्देश्य बेाके अभियान हेा । स्वदेश तथा बिदेशमा रहेका नेपालीले यस अभियानलाई तन, मन र धनले सहयोग गर्दै आउनु भएको छ । यसले अहिले देशभित्रका स्कुल, स्वास्थ्य सिबिर, लाइब्रेरी जस्ता थुप्रै सामाजिक कार्यहरुमा सहयेाग पुराउदै नयाँ सँरचनाका साथ अगाडी बडाउदै आएको छ ।

यस सकारात्मक र पवित्र कार्यको लागि हामी पनि केहि गरौँ भन्ने अभिप्रायले अघि बढेकाछौं । यस अभियानमा सामेल हुन इच्छुक दिदी बहिनी तथा दाजु भाइ लाइ हार्दिक स्वागत गर्दछौं । तपार्इले यस अभियानमा सेाझै रकम हस्तान्तरण गरेर वा हाम्रेा यात्रामा सहभागी भएर पनि सहयेाग पुराउन सक्नुहुन्छ ।
त्यसैले तपार्इ हाम्रैा अभियान भएकेाले यहि फ्रेबुअरी १५ तारिखका शनिबार अभियान्ता तथा हेल्प नेपाल नेर्टवर्कका सस्थापक रबिन्द्र मिश्र सँग बिश्व कै सबै भन्दा हेाचेा स्थल मृत सागर (DEAD SEA ) र धार्मीक स्थल बेतलेखेम केा भ्रमण तय गरेकेा छैा । उक्त भ्रमणमा सहभागी बनी तपार्इले येा अभियानमा सहभागी बन्न सक्नु हुन्छ । 

कार्यक्रम सँयेाजन हेल्प नेपाल नेटर्वक र्इजरायल कार्यक्रम रबिन्द्र मिश्र सँगकेा भेटघाट कार्यक्रम फेब्रुअरी १४ तारिख शुक्रबार साझ ६ बजे हर्चियेान ३ (र्इजरायलमा सँकलन भएकेा रकम हस्तान्तरण गरिने ,
भ्रमण गरिने स्थल : मृत सागर (DEAD SEA ) र धार्मीक स्थल बेतलेखेम मिती : फेब्रुअरी १५ शनिबार जाने समय : बिहान ५ बजे फर्कने समय : साझ ५ बजे भ्रमण शुल्क १०० सेकलमात्र सम्पर्क न ०५४६५५४५४५ र ०५३८३०२२३८

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com