' गजल ' By, उदिम राई



' गजल '

सुन्ने लाग्छ चौरातीमा बर ढले पछी 
खरानी'भै जिन्दगीको घर जले पछि 

किन-किन हिजो आज निराश छ मन 
मिठा-मिठा सपना हुर'हुरि बले पछि

झिनो आसा लिएर बाँच्नु बेकार रै'छ
आँधि हुरी बारम्बार यसै चले पछी 

....बाँचेर र मैले के नै गर्नु छर यहाँ 
सृजनाको फुलनै माटोमा गले पछी 

यस्तै कर्म लेखि दियो भाबिले मलाई 
हाँस्ने रहर सबै आँसुले छले पछी 

उदिम राई 
खोटॉङग दिक्तेल 
अविनाश गरिब

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com