गजल :
सागर र किनारको, साथ छूटे जस्तो हुन्छ
जति जोड्यो भाग्य मेरो,उति फूटे जस्तो हुन्छ
मन्दिरमा शिर राखि, दुनियाले खै के पाए?
मेरो भने ख़ुशी दैब, ले नै लुटे जस्तो हुन्छ
धेरै सुने प्रेम कथा, जिन्दगी यो बाँच्दै जाँदा,
मलम त हुन्न रैछ , माया कुटे जस्तो हुन्छ
सृष्टि सारा ठिकै देख्छु,सग्लो देख्छु आफै पनि,
हुरी चल्छ छाती भित्र ,मुटु भुटे जस्तो हुन्छ
मनै मन कुरा खेल्दा, "कल्पना"को बेग संगै
आश मर्दै हुती ढल्छ ,स्वप्न टूटे जस्तो हुन्छ
कल्पना राई"ख़ुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया