गजल : By, मानन्धर अभागी



गजल : 

जसको लागि जसले त्यो मन्दिर बनायो
त्यही नारीको आज खोक्रो तक्दिर बनायो

घरबाट विदा मागी लोग्नेको घर आएपछि
जसले सर्वस्व दिए उसैलाई फकिर बनायो

मानव रुपी दानव आफ्नै पुरुष हुँदो रै छ
विवाह पछि आफ्नो भौतिक शरीर बनायो

अपार माया गर्छु भन्छ फेरि पनि किन होला
मुर्दाहरूको त्यो बीच उनैको तस्वीर बनायो

जसको आयुको लागि भोक भोकै वर्त बस्छे
बलि दिन तिनैलाई बोकाको शिर बनायो ।

 मानन्धर अभागी । ‪

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com