कार्यक्रम टफ-टक : with Indira Rana Magar (Nominee of World Children Prize) in TOUGH talk with Dil Bhusan Pathak- 89


कार्यक्रम टफ-टक : समाजसेबी महिला इन्दिरा राना मगर सन २०१४ को बालबालिकाको क्षेत्रमा जुनियर नोवेल पुरस्कार मानिने "वल्ड्स चिल्ड्रेन्स प्राइज"का लागि मनोनयनमा पर्नु भएको छ । 


विगत २४ वर्ष देखि जेलमा रहेका कैदीहरुका बाल बालिकाको हितमा काम गर्दै आउनु भएकी इन्दिरालाई पाकिस्तानकी मलाला युसुफ र माइक्रोसप्mटको काम छाडेर पुस्ताकालयको विकासमा सक्रिय अमेरिकाका जोन उडसँगै, स्वीडेनमा रहेको दी वल्डस चिल्ड्रेन्स प्राइज फाउन्डेसनले अन्तिम तीनको मनोनयमा पारेको हो । यस अघि यो पुरस्कार नेलशन मण्डेला, आङ साङ सुकी र देशमण्ड टुटुलाई प्रदान गरिएको थियो । 

संस्था तर्फ भने यो अवार्ड माइती नेपालले पाइसकेको छ । इन्दिराले प्रिजनर्स एसिस्टेन्स नेपाल नामक संस्था सन् २००० स्थापना गरेर हजारौं बालबालिकाको उद्धार गरेकै कारण उहां यो मनोनयनमा पर्नुभएको हो । जन्म कैदको सजाय पाएका अभिभावक लामो समय जेलमा रहने र उनीहरुका बालबालिकाको बिचल्ली हुने देखेर यस्तो सेवामूलक कार्य थालेकी इन्दिराको संस्थाबाट सहयोग पाएर हाल विद्यालय जाने विद्यार्थीको सख्ंया ४ सय नाघेको छ । यसका साथै उहांको संस्थाले जेल परेका युवाहरुलाई सीप पनि सिकाउने काम गर्छ । 

सन २००५ मा उहांले अशोका फेलोसिप पाउनु भएको थियो भने २००९ मा न्युयोर्क स्थित एशिया सोसाइटीको एशिया ट्वान्टी वन योङ लिडर पब्लिक सर्भिस अवार्डबाट पनि सम्मानित हुनुभएको थियो । झापाको गरिब परिवारमा जन्मेकी इन्दिराले १० बर्ष सम्म स्कुल समेत जान पाउनु भएन भने एकैपटक पांच कक्षामा भर्ना भएर पढाई सुरु गर्नुभएको थियो । स्नातक सम्मको अध्ययन पुरा गरेकी इन्दिराले आफ्नो जीवनको आधा समय समाजसेवामा विताउनु भएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com