चेपाङ संरक्षण केन्द्र लाई खाद्यान्न खरिद गर्न आर्थिक सहयोग I

रत्ननगर, चितवन १२ फागुन ,

पूर्वी चितवनको रत्ननगर–१३ जयमंगलामा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न खरिदको लागि आर्थिक सहयोग प्राप्त भएको छ ।

बैदेनिक रोजगारीको सिलसिलामा जर्मनीमा र हनु भएका तोयानाथ खनाल र इजरायलमा रहनु भएकी राधिका खतिवडाको विवाहको अवसरमा केन्द्र लाई १० हजार रुपैया सहयोग प्राप्त भएको हो । 

पिठुवा घर स्थायी घर भएका खनाल र पाँचथरको फिदिम घर भएकी खतिवडाले सो रकम सहयोग गर्नुभएको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो । केन्द्रमा हाल ५७ जना चेपाङ वालवालिका आश्रित रहेका छन । जयमंगलामा डारा गरी वालवालिका पाल्दै आएको केन्द्र ले रत्ननगरको मंगलपुरमा आफनै भवन बनाउन सुरु गरेको भएपनि आर्थिक अभाव भएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com