विजय थापा : अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको आर्लिंगटन पुस्तकालयमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानको विधिवत रुपमा उद्घाटन तथा बिबिध कोसेली प्रस्तुत सहित भव्यताको साथ सम्पन्न भएको छ ।
उक्त साहित्य प्रतिष्ठानको समुद्घाटनको साथै उक्त अवसरमा बिधुतिय संजाल एम्नेलिया डटकम (amnelia.org ) को सार्बजनिकको साथै भर्खरै स्थापना भएको उक्त साहित्य प्रतिष्ठानको प्रथम कोसेली स्वरुप अनेलिया डिजिटल(आङ्किक ) पत्रिकाको विमोचन समेत गरिएको छ ।
नेपाली दूताबासका उप नियोग प्रमुख नारायण मैनालीले उद्घाटन गर्नुको साथै शुभकामना दिएका थिए । यसै गरि वरिस्ठ पत्रकार सोमनाथ घिमिरेले अनेलिया डिजिटल(आङ्किक )पत्रिकाको उद्घाटन गरि शुभकामना सहित दिएका थिए भने यसै गरि कार्यक्रममा पंडित राजेन्द्र खनालले बैदिक बिधि द्वारा उच्चारण सहित शुभकामना दिएका थिए ।
कार्यक्रममा शुभ कामना मन्तब्य दिने वक्ताहरुले डिसी क्षेत्रमा अत्यधिक संघ तथा संस्था भएकोले अब कुनै संस्था नखुलोस भनि विचार राख्दै शुभकामना दिएका थिए । नायक सरोज खनालले पनि उक्त अवसरमा कविता वाचन गर्न भ्याएका थिए भने डिसी महानगर क्षेत्रमा रहेका बिभिन्न कबि तथा कवियत्रीहरुले कविता वाचन गरेका थिए । कबि प्रकाश नेपालले गत हप्ता हत्या गरिएकी नेपाली चेली समानता श्रेष्ठ लाई समर्पित गर्दै कविता वाचन गरेका थिए