Small Heaven School कल्याणपुरमा अन्तरबिधालय एथलेटिक्स प्र तियोगिता हुने

 चितवन मंसिर २१,

स्मल हेभन स्कुल कल्याणपुरमा चौथो सस्करणको अन्तर बिधालय एथलेटिक्स प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला भरका नीजि बिधालयहरुको सहभागीता रहने प्रतियो गिता आँउदो मंसिर २७, २८ र २९ गते ३ दिनसम्म हुने भएको छ ।

प्रतियोगितामा चितवन जिल्लाभरका नीजि बिधालयहरु को सहभागीता रहने कार्यक्रम संयोजक सुरेन्द्र कुमार वरालले जानकारी दिनुभयो । प्रतियोगितामा १ सय मिटर, २ सय, ४ सय, ८ सय, १५ सय र ३ किलोमिटरका दौडहरु समाबेश गराइने छ भने, ४ सय मिटरको रिले दौड, सटपुट, ल·जम्प, छात्राहरुको कपर्दी, छात्रा छात्रा दुवैको टग अफ वार, छात्रहरका ट्रिपल जम्प लगायतका खेलहरु पनि हुनेछन् ।

हरेक बर्ष बिधालयले आफ्नो बार्षिक कार्यक्रम अन्र्तगत नै चितवन जिल्लामा नीजि बिधालयहरुको तर्फवाट ठुलो प्रतियोगिता आयोजना गर्ने गरेको बरालले वताउनुभयो । प्रतियोगितामा बिजयी खे लाडीहरुलाई मेडल र प्रमाणपत्र बितरण गरिने छ भने, सहभागीता बिधालयहरुको अंक निर्धारण गरि उत्कृष्ट हुन सफल बिधालयहरुलाई ट्रफि बितरण गरिने छ ।

प्र तियोगितका लागि १ लाख भन्दा बढि रकम लाग्ने बिधालयले जनाएको छ । माध्यमिक तहको प्रतियोगिता भएकोले कक्षा ५ देखि माथि कक्षा १० सम्मका झण्डै १५०० बिधार्थीहरु प्रतियो गितामा भाग लिने अनुमान बिधालयको छ । प्रतियो गितालाई सफलता पूर्वक सम्पन्न गर्नका लागि जिल्ला खे लकुद बिकास समिती चितवनका प्रशिक्षकहरुको सहयोग लिइने बिधालयले जनाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com