द.अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको निधन I

काठमाडौ, मंसिर २१ ,

 दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको निधन भएको छ । ९५ वर्षको उमेरमा उनको निधन भएको हो । उनी विश्वभरमा राजनेताका रुपमा चिनिन्थे ।

उनी दक्षिण अफ्रिकामा रंगभेदी सरकार विरुद्ध लामो संघर्ष गरेर लोकतान्त्रिक सरकार बनाउन सफल भएका थिए ।

उनी अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति भए । स्वतन्त्रता आन्दोलनका कारण उनले २७ वर्ष जेल जीवन बिताउँनुपरेको थियो । उनको निधनप्रति दक्षिण अफ्रिकाका वर्तमान राष्ट्रपति जैकुब जुमाले गहिरो दुःख व्यक्त गरेका छन् ।

उनले भनेका छन् 'हाम्रो मुलुकले एक महान व्यक्ति र हामीले हाम्रो अभिभावक गुमाएका छौं ।' उनले मण्डेलाको निधनलाई अपूर्णनीय क्षति भनेका छन् । उनको निधनमा विश्वभरबाट शोक व्यक्त गरिएको छ । उनी नोबेल शान्ति पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com