काठमाण्डौ मङ्सिर २१,
घर शान्ति नै विश्व शान्तिको आधार, दमनको प्रतिवाद गरि महिला हिंशाको
अन्त्य गरौं भन्ने नारा सहित जारी रहेको महिला हिंशा सम्बन्धि १६ दिने
अभियान अन्तर्गत आज कल्याणपुर गाविसमा अन्तक्र्रियात्मक कार्यक्रम सम्पन्न भएको छ
।
कालिका सामुदायिक महिला विकास केन्द्रको आयोजनामा संचालन भएको सो
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, महिला हक हित संग सम्बन्धित
संस्थाहरु , पारालिगल कमीटि तथा गाविसका प्रतिनिधिहरुको सहभागिता रहेको
थियो । कार्यक्रममा बोल्ने अधिकांश सहभागिहरुले महिला हिंशा विरुद्धका सवालहरु
नारामा मात्रै सिमीत हुन थालेको तथा यसबारेमा राज्य पक्षले कडा कदम चाल्न
नसक्दा समस्या परिरहेको बताएका थिए ।
महिला हिंशा विरुद्ध सरकारले प्रभावकारी
कानुन बनाई सो को कार्यान्वयन गर्न सके मात्रै पनि हिंशा न्युनिकरण हुने
महिला अधिकारकर्मी तथा सरोकारवालाहरुले धारणा राखेका थिए । कार्यक्रममा
महिला समन्वय समितीका अध्यक्ष टिका खत्री, पारालिगल कमीटी अध्यक्ष सरस्वती विष्ट,
सुशिला दाहाल, ईन्दिरा विक लगायतले बोल्नुभएको थियो ।