पौष १४,
शिशिर सिंखडा : नेकपा एमाले चितवन क्षेत्र नं.२ को क्षेत्रीय समीक्षा भेला आज रत्ननगर
मा सम्पन्न भएको छ । गत मंसिर ४ गते सम्पन्न संविधान सभाको निर्वाचनमा ने
कपा एमालेले क्षेत्र नं.२ मा विजयी हुन नसक्नुका कारणहरुका विषयमा समीक्षा
गरिएको थियो ।
क्षेत्रीय अध्यक्ष कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा भएको भेलामा
एमाले जुटपानी अध्यक्ष केशब लामा,पिठुवा सचिव इश्वर अर्याल, शक्तिखोर सचिव
जितबहादुर भट्टराई, पदमपुर सचिव केशब अधिकारी, चैनपुर उपाध्यक्ष सुप्रभा घिमिर
े लगायत छ वटा गाविस र रत्ननगर नगरपालिकाका १३ वटै वडाका प्रमुखहरुले चुनावी
गतिविधिको वारेमा जानकारी गराएका थिए ।
नेकपा एमाले पोलिटब्यूरो सदस्य
काशिनाथ अधिकारी प्रमुख अतिथि रहनुभएको सो कायक्रममा जिल्ला अध्यक्ष जे
एन थपलिया, क्षेत्र नम्वर २ का उम्मेदवार राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य कृष्ण
प्रसाद खनाल,क्षेत्रीय उपाध्यक्ष रामशरण कुँवर,क्षेत्रीय सचिव गोपि नेपाल,नगर
अध्यक्ष प्रेमनाथ दुवाडी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।