अमेरिका मेरो लागि दोश्रो घर जस्तो अनुभूति भै रहेको छ - राजदूत डा शर्मा I

 भर्जिनिया ,अमेरिका पौष १४,

विजय थापा : वाशिंगटन डिसी नेपाली दूताबासको आयोजनामा आज सम्पन्न शुभ बिदाई स्वागत समारोह कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत शंकर प्रसाद शर्मा (बिध्या वारिधि )ले आफ्नो कार्यकाल पुरा चार बर्ष पुरा गरेको ,आफुले यहि अमेरिका मै पांच बर्ष अध्ययन गरेको र आफुले अगाध माया सर्वत्र प्राप्त गर्न सकेकोले अमेरिका आफुलाई दोश्रो घर जस्तो भएको अनुभूति भएको बताउनु भएको छ 

अमेरिकामा आफुले धेरै ठुलो सहयोग प्राप्त गरेको र सदैब सम्झी रहन्छु भन्दै अमेरिकामा धेरै सिक्ने  मौका प्राप्त पनि गरेको भन्नु भयो  राम्रो काम पनि हुन् सकेकोमा सबैलाई धन्यबाद दिदै राहदानीमा केहि समस्या भएको त्रुटी स्वीकार गर्नु भयो  र आफ्नो कार्यकालमा दूताबासलाई अतुलनीय सहयोग गर्ने व्यक्ति ,संस्था ,कलाकार ,साहित्यकार ,संचारकर्मी ,समाजसेवीलाई राजदूत शर्माले ताम्रपत्र द्वारा सम्मान गर्नु भएको थियो 

महामहिम राजदूतको शुभ बिदाईमा सबैलाई स्वागत गर्दै मिनिस्टर /नियोग उप प्रमुख ऋषि राम घिमिरेले आफु परराष्ट्र मन्त्रालयमा रहेको र उक्त मन्त्रालयमा राजदूतहरुको मुल्यांकनमा डा शर्मा पहिलो संख्यामा पर्नु भएको जानकारी गराउनु भएको थियो भने उक्त कुरा सुन्न पाउदा हर्ष लागेको राजदूत शर्माले प्रतिक्रिया दिनु भएको थियो 

नियोग उप प्रमुख घिमिरेले राजदूत नेपाल फर्के पछि नेपाल सरकारले अर्को राजदूत नियुक्ति न गरुन्जेल आफुले कार्यबाहक हेर्नु पर्ने भएकोले आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने बचन बद्दता दिदै सबैको सहयोगको अपेक्षा रहेको बताउनु भयो  दुताबासले रात्री भोजको पनि आयोजना गरेको थियो 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com