चितवन पौष १४,
पूर्वी चितवनको रत्ननगर –१३ जयमंगलामा रहेको गामवेसीको चेपाङ संर
क्षण केन्द्रमा आश्रित वालवालिकाका लागि लत्ता कपाडा र एक दिनको
खानाको सहयोग भएको छ ।
ड्यु नेपाल ललितपुर, वेष्टवन आमा समुह गोजिबहाल ललितपुर, सोरेक
ललितपुरका लक्ष्मीशोभा शाक्य,रेजिना जोशी,मनहरा लक्ष्मी तुलाधर र सुनिल
शाक्यको टोलीले वालवालिकाका लागि न्यानो कपडा आज एक दिनको
खानाको व्यवस्था गरेका हुन ।
काठमाडौंवाट आएको महिलाहरुको टोलिले संरक्षण केन्द्रमा
पुगेर केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई जाडोमा लगाउने न्यानो
कपडा हस्तान्तरण गरेका थिए ।
महिलाहरुको टोली आज एक दिन संर
क्षण केन्द्रमा बस्ने र वालवालिकालाई आफनै हातले खाना खुवाउने
कार्यक्रम रहेको टोली सदस्य लक्ष्मीशोभा शाक्यले बताउनुभयो ।
उहाँले वालवालिकालाई खाना खुवाएर उनीहरु संगै रमाउने तथा चे
पाङ वालवालिका संग उनीहरुको रहन सहनको वारेका बुझ्ने उहाँले
बताउनुभयो । केन्द्रमा ५२ जना चेपाङ वालवालिका आश्रित छन ।