नेपाल पत्रकार महासंघ युएई शाखाले अंग्रेजी नया बर्ष सन २०१४ सालको उपलक्ष्यमा साहित्य तथा सांगीतिक कार्यक्रम साथ सुभ-कामना आदान प्रदान गर्ने भएको छ ।
युएई पुष ८,
निमकान्त पाण्डे : युएई साखाको सुक्रबार बरदुबाई मा बसेको बैठकले जनवरी १ तारिक बरदुबईको एभरेष्ट इन्टरनेसनल होटलमा नि:शुल्क सास्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको छ ।
युएईमा नेपाली माझ ख्यातीपाप्त कलाकार तथा साहित्यकारहरुले एऊटै मन्चबाट प्रस्तुति दिदै,विभन्न समयमा पत्रकार महासंघ शाखालाई सहयोग गर्ने व्यक्तित्व संघसास्थाहरुलाई सम्मन गर्ने कार्यक्रम रहेको युएई साखाका अध्यक्ष अर्जुन दाहालले बताए।
नब बर्ष प्रवेश गरेकै दिन अर्थात जनवरी १ तारिक दुबईको एभरेष्ट इन्टरनेसनल होटलमा आयोजना हुने मनोरन्जनात्मक कार्यक्रममा युएईमा रहेका सस्था प्रमुख,समाज सेबी,साहित्यकार, साथै युएईमा कार्यरत श्रमिकहरुमा उपस्थितिको लागि यसै सुचना मार्फत निमन्त्रणा गरिएको छ।
पत्रकार महासंघको सदस्य बन्न महासंघमा आबद्द नरहेका तथा नया संचारकर्मीलाई सदस्यताको लागि आवान गरेको छ। सम्पूर्ण कागज पत्रका साथ फार्म बुझाउने समय अबधि २०१४ को जनवरी महिना अन्तिम सम्म निर्धारण गरिएको छ। महासंघका सम्पुण पदाधिकारी तथा सदस्यहरुलाई समेत सदस्यता नबिकरण गर्न बैठकले आवहान गरेको अध्यक्ष दाहालले बताएका छन ।
.jpg)