डिसीमा नेपालमा सम्पन्न निर्वाचनका चुनौती र अवसर सम्बन्धि अन्तरक्रिया I

 भर्जिनिया (अमेरिका) पौष ९,

विजय थापा : अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा हालसालै नेपालमा सम्पन्न भएको ''संबिधान सभा निर्वाचन -यसका अवसर तथा चुनौती सम्बन्धि एक अन्तरक्रियात्मक कार्यक्रम वाशिंगटन नेपाल फोरमको आयोजनामा सफलता पुर्वक सम्पन्न भएको छ 

समाज शास्त्रमा बिद्या वारिधि गरेका स्वतन्त्र राजनैतिक विश्लेषक तथा कार्यक्रमका वक्ता अनुप पहाडी(बिध्या वारिधि )ले आफ्नो बिचार पस्कदै पहिलो संबिधान सभाको निर्वाचनमा नेताहरुले जातीय प्रदेश र संघियताको नाममा थुप्रै समय खर्च गरेको तर त्यहि जनताले दोश्रो संबिधान सभाको निर्वाचनमा जनजाति ,जातीय प्रदेश र संघियताको मुद्धामा उम्मेदवारहरुलाई मतदान नगरि अन्य स्थिर राजनैतिक दल या व्यक्तिलाई मतदान गरेको तथ्यांक प्रस्तुत गर्दै नेताहरु जातीय प्रदेश र संघियताको सवालमा आकाश माथिको भुमंडलमा अल्मलिरहेको रहेको बताउदै तर जनताको चाहना र ईक्षा भने धरातलमा मै रहेको थाहा पाउन नसक्दा जनताले यो मुद्धामा उनीहरु पराजित गरेका हुन भन्नु भयो 

अर्का वक्ता तथा अर्थविद शुकदेव शाह (बिध्या वारिधि )ले नेपालमा केहि कुरामा पूर्वाधारमा विकास भएता पनि नेपालको विकासमा हामी पुन :इस्वी सन् १९६० मा फर्केको जनाउदै बार्षिक प्रति व्यक्ति आयको आधारमा नेपालको यसपालिको निर्वाचन सन् २०१२ को अमेरिकाको निर्वाचनको तुलना गर्दै नेपालको चुनाब सात गुणा महँगो रहेको बताए 

अर्का वक्ता वरिष्ठ कानुनविद किसोर पहाडी(बिध्या वारिधि )ले हामीलाई संघिय संबिधान किन आवश्यक हुन्छ भन्दै र यसै विषयलाई केन्द्र बिन्दु बनाई व्यापक जानकारी तथ्यांक सहित प्रस्तुत गरेका थिए  केहि दिन मात्र नेपालबाट अमेरिका आई पुग्नु भएका वरिष्ठ पत्रकार तथा युगसम्बाद साप्ताहिकका प्रमुख सम्पादक सोमनाथ घिमिरेले आफुले मत खसालेको र निर्वाचनमा धाधली नभएको प्रस्ट पार्नु भयो  नेपालको राजनीति र चुनाबको थप चर्चा गर्दै नेपाली राजनीतिको मुख्य समस्या राजनीतिक परिवर्तनको स्वामित्व ग्रहण गर्न नसक्नु भन्नु हो भन्दै दलहरुले राष्ट्रिय मार्गचित्र बनाउन नसकेको कारण नै मुलुक अन्यौल अवस्थामा भएको बताउनु भयो 

वक्ताहरुले नेपालमा भै रहेको सकारात्मक र उन्नति बारेमा चर्चा पनि  गरेका थिए  अन्तरक्रिया कार्यक्रममा प्रश्न उत्तर पनि राखिएको थियो भने वक्ताहरुले जिज्ञाशाको जवाफ दिएका थिए   कार्यक्रम संचालन वाशिंगटन नेपाल फोरमका सागर रिजालले गरेका थिए भने उनले संक्षिप्त रुपमा सबै वक्ताहरुको परिचय पनि गराएका थिए 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com