चितवन मंसिर २७,
बैदेशिक रोजगारको शिलसिलामा इजरायमा रहनु
भएकी पारु लोहारले गामवेसीको चेपाङ संरक्षण
केन्द्रमा आश्रित चेपाङ वालवालिकालाई जाडोमा
लगाउने न्यानो पकडा सहयोग गर्नुभएको छ ।
झापा निवासी लोहारले पार्सल गरेर हुलाक मार्फत
चेपाङ वालवालिकालाई कपडा पठाइदिनुभएको
केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी
दिनुभयो । सञ्चार माध्यम मार्फत संरक्षण केन्द्र
को बारेमा जानकारी पाएपछि लोहारले विगत देखिनै
सहयोग गदै आउनु भएको छ ।
यस अधि खाद्यान्न
खरिदको लागि आर्थिक सहयोग गर्नुभएकी लोहारले
अहिले जाडोमा लगाउने कपडा सहयोग गर्नुभएको
हो । पार्सल गरेर हुलाक मार्फत पठाएको सो कपडा
आज केन्द्रमा आईपुगेको अध्यक्ष शर्माले जानकार
ी दिनुभयो ।
सहयोग जुटाएर चेपाङ वालवालिका
लाई आवासीय सुविधा सहित अध्ययन गराउदै
आएको केन्द्रमा अन्य सहयोज जुटेको भएपनि
अहिले खाद्यान्न अभाव भएको छ । केन्द्रमा चितवन र
मकवानपुरका ५२ जना चेपाङ वालवालिका आश्रित छन ।