पोखरामा १५ औं पोखरा सडक महोत्सब गरिने करिब १० करोड रुपैया बराबरको आर्थिक कारोवार हुने I

 चितवन,सौराहा मंसिर २७,

्शिशिर सिंखडा : नेपालको दोश्रो पर्यटकीय गन्तव्य पोखरामा १५ औं पोखर ा सडक महोत्सब गरिने भएको छ । रेष्टुरेण्ट एण्ड वार एसोसियसन पोखराको आयोजनामा हुने सो महोत्सब पुष १३ देखि १७ गते सम्म सञ्चालन हुने छ । 

सो महोत्सबकोे वारेमा आज चितवनको सौ राहामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईएको हो । अंग्रेजी नयाँ बर्षमा पाहुनालाई आकर्षित गर्न आयोजना गरिएको सो महोत्सबमा स्वदेशी तथा विदेशी पर्यटकले रुचाउने खानाहरु सडकमै उपलब्ध गराईने १५ औं पोखरा सडक महोत्सव मुल समारोह समितिका संयोजक बलर ाम पहारीले जानकारी दिनुभयो । 

पोखराको पर्यटकीय स्थल लेकसाईडमा हुने महोत्सबमा दर्जनौं खानाका स्टल लगायत सडकमै विभिन्न साँस्कृतिक कार्यक्रम,रोचक खेलकुद प्र तियोगिता,पर्यटन उद्योगलाई समेटेर तयार पारिएका साहसिक र मनोरञ्जनात्मक बृत्तचित्र,फोटो प्रर्दशनी महोत्सबको प्र मुख आर्कषण रहेको संयोजक पहारीले जानकारी दिनुभयो । सो सडक महोत्सवमा करिब १० करोड रुपैया बराबरको आर्थिक कारोवार हुने र ५ लाख स्वदेशी तथा विदेशी पर्यटकले महो त्सबको अवलोकन गर्ने आयोजकले बताएका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com