माडीको गर्दी र बघौडाका क्षेत्रहरुमा आतंक मच्चाईरहेको बाघ नियन्त्रणमा I

माडी मङ्सिर १६, 

 सरोज खनाल : विगत केहि दिनदेखि माडीको गर्दी र बघौडाका क्षेत्रहरुमा आतंक मच्चाईरहेको बाघ नियन्त्रणमा आएको छ । सितलपुर र त्यस आसपासका क्षेत्रहरुमा लगातार पशुचौपाया मार्ने तथा स्थानियलाई त्रसित बनाउन थालेपछि स्थानिय र मध्यवर्तिको पहलमा बाघ नियन्त्रणमा लिन निकुन्जलाई दवाव दिईएको थियो ।

चितवन राष्टिय निकुन्जबाट खटिएको बाघ नियन्त्रण टोलीमा विशेषज्ञ, चिकित्सक तथा संरक्षणकर्मीहरु लगायत गरि २८ जना रहेका थिए । आज दिउंसो २ बजेतिर बाघ लाई डाट गरि कसरा लगिएको छ । बाघ नियन्त्रणका लागी निकुन्जबाट ५ वटा हात्ती परिचालन गरिएको थियो । केहि दिन यता सो बाघले त्यस क्षेत्रमा ३ वटा पशुचौपाया मार्नुका साथै २ वटालाई घाईते बनाएको थियो ।

यसअघि माडीकै अयोध्यापुरी क्षेत्रमा पनि बाघले दर्जनभन्दा बढी पशुचौपाया मारेको थियो । लगातार निकुन्जबाट जंगली जनावर वस्तीमा पसेर क्षति पुराउने तथा वालीनालीमा क्षति गर्ने कार्य नरोकिएकामा सर्वसाधारण पनि चिन्तित भएका छन् । साथै यो समस्या समाधानका लागी केन्द्रबाटै दिर्घकालिन समाधान खोज्न पनि माग गरेका छन्

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com