सुर्खेत मङ्सिर १६,
यादव भुसाल :
विद्यार्थीको सिकाई उपलव्धी वृद्धि गर्न शिक्षक, अभिभावक तथा जिल्ला शिक्षा कार्यालयको भूमिका
महत्वपूर्ण हुने सरोकारवालाहरुले वताएका छन् । वालीका शिक्षा चुनौती परियोजना अन्तर्गत ग्लोवल
एक्सन नेपालले सुर्खेत जिल्लाका १२ विद्यालयमा संचालन गरेको दिदी वहिनी कार्यक्रमले गरेको
विद्यालय स्तरीय परिचयात्मक कार्यक्रममा यस्तो वताईएको हो ।
सो अवसरमा वोल्दै सरोकारवालाहरुले
सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले सिकाई उपलव्धी वृद्धीका लागि विभिन्न कार्यक्रम संचालन
गरेपनि प्रभावकारी हुन नसक्नु दुखत भएको वताएका थिए् । जसका लागि शिक्षक, अभिभावक, स्रोतव्यक्ति
तथा जिल्ला शिक्षा कार्यालयले कार्यान्वयनका लागि सकृय भएर लाग्नु पर्ने उनीहरुको सुझाव छ ।
समुदायका अभिभावकले विद्यालय प्रति कम चासो दिनु, व्यवस्थापन समितिले गुणस्तरीय शिक्षा प्रति ध्यान
नदिनु, शिक्षकहरुले नीति नियम अनुसार शिक्षण नगर्नु तथा शिक्षा कार्यालयले प्रभावकारी अनुगमन
नगर्दा लगाएतका कारणले पनि विद्यालयको सिकाई उपलव्धी कम भएको हुन सक्ने उनीहरुले
निष्कर्ष रहेको छ ।
यसका लागि सरकारले वनाएको योजनालाई पूर्ण कार्यान्व्यनका लागि सवै लाग्नु
पर्नेमा जोड दिईएको थियो । सो अवसरमा वि.व्य.स, शि.अ.स, शिक्षक, वालवालीका, स्थानीय स्तर
का संरचनाका प्रतिनिधि, स्रोतव्यक्तिले समुदायमा वालीकाहरुमाथी हुने विभेद, भोग्नु परेका समस्या
तथा उनीहरुको शिक्षालाई प्राथमिकता दिदै नागरिक शिक्षा, सशक्तिकरणमुलक कार्यक्रम, वालमैत्री
शिक्षण सिकाई, तर्फ दिदिवहिनी कार्यक्रम केन्द्रित हुनु पर्नेमा सुझाव दिनु भएको थियो ।
८ गा.वि.का ७ स्रोत केन्द्र, जिल्ला शिक्षा कार्यालय तथा १२ विद्यालयको समन्व्यमा संचालीत
कार्यक्रममा जिल्ला संयोजक यादव भुसाल र स्रोत प्रशिक्षक माया सापकोटाले विद्यालय केन्द्रि
त संचालन हुने कार्यक्रममा वालीकाहरुको माध्यमवाट विद्यालयमा अध्ययन्रत विद्यार्थीहरु
को सिकाई उपलव्धीमा वृद्धि गर्ने, विद्यालय छाड्ने वालीकाहरुलाई पुन विद्यालय भर्ना गर
ाउनमा सहयोग गर्ने, वालमैत्री विद्यालय निर्माण, गुणस्तरीय शिक्षाका लागि अभियान, विद्यालय
पहुँचवाट टाढा रहेका वालीकालाई पुन विद्यालयमा भर्ना गराई उनीहरुलाई निरन्तर विद्यालयमा
टिकाई राख्ने खालका कार्यक्रमहरु संचालन हुने वताउनु भएको थियो ।
परिचयात्मक कार्यक्रम कुनाथरी गा.वि.सको सरस्वती मा.वि, चेपाड, हरिहरपुरको भेरी मा.वि
रानीघाट, विजेश्वरी उच्च मा.वि, पाग्म, जर्वुटाको मा.वि करेखोेला, नि.मा.वि नलखो
ला, साटाखानीको खाँणदेवी उच्च मा.वि चौरासे, नेरा नि.मा.वि पोखरी मञ्ज्याड, दशरथपुरको
जनक माध्यमिक विद्यालय दशरथपुर, जीवनज्योती उच्च मा.वि, रामघाटको लालिगुराश नि.मा.वि,
गुमिको आनन्द उच्च मा.विमा सम्पन्न भएको हो । भि.एस.ओ नेपाल र ग्लोवल एक्सनको
सहकार्यमा संचालीत कार्यक्रम सन २०१६ सम्म जिल्लामा संचालन हुने वताईएको थियो ।