करिना कसैलाई मन पराउँछिन् भने कि दस वर्ष सिनियरलाई कि भर्खरै जन्मेकोलाई I

मंसिर २३ ,

फिल्म लाइनमा आएपछि करिना कपुरले नायिकाका रूपमा त ठूलै छलाङ मारिन् नै, व्यक्तिगत जीवनमा पनि राजसी खानदानका सैफ अली खानसँग विवाह गरेर सेफ ल्यान्डिङ गरिन् । सन् २००० मा 'रिफ्युजी' मार्फत बलिउडमा डेब्यु गर्दा करिना आफ्नो नामले भन्दा बढी दिदी करिश्माको नामले चिनिन्थिन् । तर यतिबेला कुरो ठीक उल्टो छ । 

मिहिनेती स्वभावकी करिनाले नम्बर एक नायिकामा दरिन एक दशक लामो संघर्ष गरिन् । निजी जीवनमा पनि प्रेमी साहिद कपुरसँग सम्बन्ध तोडेर आफूभन्दा निकै जेठा र विवाहित सैफलाई समात्नुमा सेफ ठानिन् । यतिबेला भने फिल्ममा कम र परिवारमा ज्यादा समय दिइरहेकी करिनालाई निर्देशक करण जोहरले आफ्नो एक टीभी टक शोमा उनकै काकाका छोरा रणवीर कपुरसँगै डाकेका थिए । त्यसो त रणवीर-करिना हितैषी पनि हुन् । 

कुरैकुरामा रणवीरले करिना आफ्ना सबै सहकर्मीलाई घृणा गर्ने फुत्काइहाले । अरूले भनिदिएको भए मामिला के हुन्थ्यो कुन्नि तर आफ्नै नातेदार, हितैषीले भनेको कुरालाई करिनाले नकार्न सकिनन् । बरु मञ्जुरी जनाएर सबैलाई चकित पारिदिइन् । 'यिनी आफ्ना कुनै पनि सहकर्मीहरूसँग मित्रवत् छैनन् । सबैलाई उनी घृणा गर्छिन्,' कुरै कुरामा दुइटा कुरा भएको रणवीरले पत्तो पाएनन् । तर कुरो भुइँमा खसिसकेको थियो । करिनाले पनि आरोपलाई मज्जैले फेस गरिन् । 

'पहिलो कुरा, म यहाँ -फिल्म क्षेत्रमा) साथीहरू बनाउन आएको होइन । दोस्रो, म यहाँ काम गर्न आएकी हुँ । र, अन्तिम कुरो मेरा धेरै साथीभाइ पहिल्यैदेखि छन् । त्यसैले अब बनाउनुपर्ने आवश्यकता किन ?' त्यसो त चटपटे स्वभावका रणवीरले पनि थपिहाले, 'करिना कसैलाई मन पराउँछिन् भने कि आफूभन्दा दस वर्ष सिनियरलाई नभए भर्खरै जन्मेकोलाई ।' 

करिअरमा ६ वटा फिल्मफेयर अवार्ड जितिसकेकी ३३ वषर्ीया बेबोले ऊ बेला त साथी बनाइनछन् भने अब त बिहेपछि झन् आवश्यक नै नठान्न सक्लिन् । कतै उनले साथीको चक्करमा नलागेकैले यत्रो सफलता पाएकी होलिन् त ? एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com