काठमान्डू मंसिर २३,
फिलिपिन्सको मुन्टिनलुपा सिटीको अलाबाङस्थित भर्साइल्स् प्यालेसमा भोलि शनिबार हुने मिस अर्थको १३ औं संस्करणमा नेपालका तर्फबाट सहभागी रोजिशा शाहीलाई अर्को एउटा एवार्ड पनि प्राप्त भएको छ। यसपटक उनलाई लङ गाउन कम्पिटिसनमा सिल्भर मेडल प्राप्त भएको हो।
यसअघि पि्रलिमिनरी राउन्डको प्रतिस्पर्धात्मक टास्क वर्कअन्तर्गत रोजिशाले आफ्नो नाममा एउटा गोल्ड मेडल सुरक्षित गरिसकेकी छिन्। रोजिशाले चाइल्ड फ्रेन्डली विधाको ग्रुप एवार्डमा उक्त गोल्ड मेडल हात पारेकी हुन्।
ललितपुर निवासी २० वर्षीया रोजिशाले मिस नेपाल-२०१३ को प्रतियोगितामा फस्ट रनर्सअपको उपाधि जितेपछि मिस अर्थ-२०१३ मा नेपालका तर्फबाट सहभागिता जनाउने अवसर पाएकी हुन्।
विश्वव्यापी रूपमा वातावरण संरक्षण अभियानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सुन्दरीको खोजीमा सञ्चालन हुँदै आएको मिस अर्थको यस पटकको संस्करणमा नेपाललगायत विश्वका ९० वटा मुलुकको सहभागिता छ।saptahik: