कविता : By, कल्पना पौडेल "जिज्ञासु"



कविता :

गरिब मजदुर र श्रमिकहरुको 
खुन पसिना चुसेर एस 
आरामको जिन्दगि 
जिउन पल्केका 
गद्दारहरु हो 


कुर्ची र सत्ताको लालचमा 
सोझा जनताको बिस्वासलाइ 
कुल्चेर उनैको उत्पादन 
कुर्चीमा बसेर मजदुरको 
सोसर्ण गरिरहेका 
छौ 

खबरदार 
नेताहरु हो 
तिमीहरुको यो सत्ता भत्ता र 
कुर्चीको लुछाचुडी अब 
धेरैदिन जनताले टिक्न 
दिने छैनन् 

सर्वहारा मजदुर 
श्रमिकलाइ कमजोर नठान 
किनकि 
रुसमा अक्टोबर क्रान्ति गरेर 
पुजिबाद शासकको हात बाट 
सत्ता खोसेका 
थिए 

ति पनि मजदुरनै थिए 
फ्रान्समा पेरिस 
कम्युन गरे 
नेपालमा पनि सबै 
मजदुर उठेर सर्वहारा बर्ग 
जागे भने पक्कै क्रान्ति
आउनेछ

र 
तिमीहरुको हालत रुसका 
जारको जस्तो हुनेछ
त्यसैले 
नेताहरु हो अब जनतालाई 
धेरै दुख दिन 
छोदिदेउ 

कुर्ची र सत्ताको सहि सदुपयोग 
गरि देश विकासमा 
ध्यान देउ र 
हाम्रो नेपाललाइ 
बिस्वमा 
चिनाउ

कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com