काठमाडौँ पुष ७,
गएराति १ बजे शङ्खमूलनजिक एक घरमा आगालागी हुँदा करिब २० लाख रुपैयाँको क्षति भएको छ। आगलागीबाट भाडामा रहेको कपास पसल, फर्निचर पसल, टिभी, डेक, मोबाइल र ६५ हजार नगदसमेत गरी करिब रु २० लाखको क्षति भएको घरधनी लालबहादुर भुजेलले बताए।
आगलागीको कारण थाहा हुन नसके पनि सडक छेउबाट कसैले आगो लगाएको आशङ्का भुजेलले गरे। आगो लागेको एक घण्टापछि छवटा दमकलले आगो नियन्त्रणमा लिएका थिए। आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ।