संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग I

रत्ननगर पुष ७,

रत्ननगर १३ जयमंगलामा रहेको गामवेसीको चेपाङ संरक्षण के न्द्रलाई आज खाद्यन्न सहयोग भएको छ । पूर्वी चितवनको पिठुवामा रहेको जयबागेश्वरी इट्टा उद्योगका सञ्चालक हरिकृष्ण महर्जन र उहाँकी पत्नी लक्ष्मीदेवी महर्जनले २ क्वीन्टल चामल,१ वोरा आलु, १ बोरा प्याज, ५० किलो दाल सहयोग गर्नुभएको छ ।

महर्जन दम्पती र इट्टा उद्योगका म्यानेजर नवराज अर्याल संरक्षण केन्द्रमै पुगेर अध्यक्ष केपिकिरण शर्मालाई खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो । केन्द्रमा खाद्यान्न अभाव भएको बेला महर्जन दम्पतीले पटक पटक खाद्यान्न सहयोग गर्दै आउनु भएको छ ।

हस्तान्तण कार्यक्रममा हरिकृष्ण महर्जनले केन्द्रमा केही कुर ाको अभाव भए आफु दिलखोलेर सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले यस भन्दा अधि बालवालिकालाई मनोरञ्जनको लागि टेलिभिजन समेत सहयोग गर्नुभएको थियो । केन्द्रमा हाल ८ अपाङग सहित ५२ जना विपन्न चेपाङ वालवालिका आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com