चितवन पुष ७,
शिशिर सिंखडा : पुर्वी चितवनको रत्ननगर १३ जयमंगलामा रहेको गामबेशीको चे
पाङ संरक्षण केन्द्रमा आश्रित बालबालीकाहरुका लागी जाडोमा
लगाउने कपडा सहयोग प्राप्त भएको छ ।
नारायणगढको पुलचोक स्थित डायमण्ड फेन्सि स्टोर्सका सञ्चालक
शंकर घिमिरे र गोकुल प्रसाद घिमिरेले केन्द्रमा आश्रित
बालबालिकाहरुको लागी चिसो वाट जोगिन करिब २५ हजार रुपैया
बराबरको कपडा सहयोग गरिएको फेन्सिका सञ्चालक शंकर घिमिरे
ले बताउनु भयो ।
सो केन्द्रमा आज आयोजित कार्यक्रममा संरक्षण
केन्द्का अध्यक्ष केपि किरण शर्मा, प्रेस चौतारी चितवनका उपाध्यक्ष
शिशिर सिंखडा, शंकर घिमिरे लगायतले बोल्नु भएको यिो । केन्द्र
मा चितवन र मकवानपुरका विपन्न ५२ जना बालबालिका आश्रित रहेका
छन ।