चितवन मंसिर १६,
गामवेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई सिद्धिका
दुईवटा संस्थाले आज सम्मान गरेका छन ।
चितवनका चेपाङ समुदायको जिविकोपार्जन तथा शैक्षिक उन्नतीमा पु¥याएको
योगदानको उच्च मुल्याङकन गर्दै सिद्धिमा रहेको साकिम सामुदायिक संस्था
र देउजर सामुदायिक संस्थाले शर्मालाई सम्मान गरेका हुन ।
आज सिद्धिमा
आयोजित कार्यक्रममा दुबै संस्थाका अध्यक्षहरुले दोसल्ला र सम्मान
पत्रले शर्मालाई सम्मान गरेका थिए । देउजर सामुदायिक संस्थाका अध्यक्ष
धनबहादुर चेपाङ र साकिम सामुदायिक संस्थाका अध्यक्ष करबहादुर चेपाङको
अध्यक्षतामा भएको सो कार्यक्रममा मेड नेपालका कार्यक्रम संयोजक शै
लेस आचार्यले कार्यक्रमको उद्धेश्यका वारेका प्रकास पार्नुभएको थियो ।
यसैबीच गरिवी निवारण कोष मार्फत मेड नेपालले सुरु गरेको कार्यक्रम
अन्र्तगत आजै साकिम सामुदायिक संस्था र देउजर सामुदायिक संस्थालाई ४
लाख ४० हजार रुपैया हस्तान्तरण गरिएको मेड नेपालका कार्यक्रम संयो
जक आचार्यले जानकारी दिनुभयो । सिद्धिमा चेपाङहरुको समुह बनाएर विगत एक
बर्ष देखि आयआर्जनको कार्यक्रम सञ्चालन गरिएको छ ।