जनदिशा बचत तथा ऋण सहकारी सस्थाले इज़रयलमा कार्यरत नेपालीलाइ प्रमाण पत्र वितरण गर्यो I

इज़रायल (तेलअभिव) मङ्सिर ३०, 

पुष्प श्रेष्ठ : पैारखी ईन्भेष्टमेन्ट प्रा.ली काठमान्डौले बैदेशिक रोजगारीका लागी ईजरायलमा कार्यरत नेपालीहरुमा जनदिशा बचत तथा ऋण सहकारी सस्थाको शेयर धनीमहानुभावहरुलाई शेयर प्रमाण पत्र बितरण गरेको छ । 

गत शुक्रबार डिसेम्बर १३ का दिन नेपाली राजदुताबास ईजरायलका राजदुत प्रल्हाद कुमार प्रर्साइको प्रमुख आतिथ्य तथा ईजरायलमा सँगठीत रुपमा अघि बढी रहेको सस्थाका प्रतिनीधीहरु माझ करिब २ सय जना शेयर धनी महानुभावलाई शेयर प्रमाण पत्र बितरण गरेको हो । पौरखी ईन्भेष्टमेन्ट प्रा.लीका अध्यक्ष मोहन कुमार श्रेष्ठको सभापतीत्वमा सम्पन्न सो कार्यक्रम मा शुभकामना ब्यक्त गर्नहुदै प्रमुख अतीथि महामहिम राजदुत प्रल्हाद कुमार प्रसाईले कम्पनीको स्थापना सँगै सहकारी स्थापना गरि देश बिकासको प्रमुख खम्बाको रुपमा सहकारीलाई मानेको हुदाँ यसलाई सबैले आत्मासाथ गरि ब्यवस्थापनलाई चुस्त दुरुस्त ढँगले अगाडी बढाउन सके थोरै बचत धेरै फाईदा लिन सकिनेमा बिस्वस्त रहन आग्रह गर्नु भयो ।

शुभकामना मन्तब्य कै क्रममा तमु समाज ईजरायलका यम गुरुङ ले बिदेशियका नेपालीहरुबाट नै सञ्चालनमा ल्याएको पौरखी ईन्भेष्टमेन्ट प्रालीले समाज बिकासको योजना सहित बचत गर्ने बानीको बिकास र भबिष्यको शुखद जीवन यापनका लागी सहिमार्ग अबलम्बन गरि सहकारीको माध्यमबाट सबैलाई समटने सह्रानीय कार्यको थालनी गरेकोमा धन्यवाद ब्यक्त गर्नुभएको थियो । कृषी प्राबिधिक किरण मर्हजनले बिगत ७ बषर््ो अनुभव ईजरायलमा भै रहेको कृर्षी प्रणाली र नेपाले अबलम्बन गर्नु पर्नै महत्व र्पुण बुदाबारे प्रस्टाउनु भएको थियो । उहाँले १ बोट चेरीले १०० केजी चेरी उत्पादन गर्न सक्छ भने यसलाई ब्यसायिक खेतीको रुपमा किन नअपनाउने भनेर सबैलाई हौसला दिनुभएको थियो । 

ईजरायलले गरेको आधुनीक कृर्षी पद्धतीलाई हामीले पनी अनुसरण गर्नै र थोपा सिचाई प्राबिधीलाई निरन्तरता दिनेहो भने नेपाली माटोमा पनी कृर्षी क्रान्ती ल्यार अधि बढने कुनै दुबिधा नरहेको तर यसको ब्यवस्थापन र बजार बिस्तारमा भने सरकारले मुख्य भुमीका निर्वाह गर्नु पार्नेमा जोड दिनुभयो । मन्तब्यकै क्रममा पौरखी ईन्भेष्टमेन्ट प्रा.लीका रश्मी घिमिरेले बिदेशमा रहेका महिलाहरुले भोलीका दिनमा नेपाल र्फर्कीए पछि आफनो भविष्य सफल रुपमा अघि बढाउनका लागी यहिले नै थोरै लगानी गरि राख्ने हो भने भोलीको भबिष्य सफलहुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो यसै गरी रोजा वलीले गत साल देउसी भैलो खेलेर स्थापना भएको यस पोरखी ईन्भेष्टमेन्ट प्रा.लीले एक बषर््ाको यो अबधिमा सहकारी सञ्चालनमा ल्याउन सफल भयौ अबचाडै उन्नत कृर्षी प्रबिधी अपनाएर बँगुर पालन तथा बाख्रा पालन सञ्चालन गर्ने जानकारी दिदै ३ महिना भित्र आफु पनी नेपाल फर्कीए र यही कम्पनी मातहतमा रहि अर्थाेपार्जनका कार्यलाई निरन्तरता दिने बताउनु भयो । 

अब सधै बिदेशमा बसेर भोलीको भविष्य नबन सक्छ त्यसैले आफनो देशमा नै र्फकीयर केही उदमसिल कार्यगर्न सबैमा आग्रह समेत गर्नु भयो । कार्यक्रम समापन गर्नु हुदे कार्यक्रमका सभापती तथा प्रा.लीका अध्यक्ष मोहन कुमार श्रेष्ठले बर्षाको समेत प्रवाह नगरि कार्यक्रम सmल बनाउन सहभागी भै दिने सबैमा धन्यवाद ब्यक्तm गर्न‘ हुदै पौरखी ईन्भेष्टमेन्ट प्रा.ली र जनदिशा बचत तथा ऋण सहकारी सस्थाले चाडै नै बिभिन्न कार्यक्रम सञ्चालन गरि आयमुलक कार्यलाई अगाडी लैजान बिष्ोश तैयारी गरि रहेको जानकारी दिन’ भयो उहाँले बेरोजगारी समस्याले आक्रान्त पारेको हाम्रो समाजमा बिदेशियका नेपालीहरु मिलेर यस्तै प्रबिधिका बिकास सँगै साना तिना कार्य गर्ने हो भने रोजगारिका लागी बिदेश नै धाई राख्नु नपर्ने बताउनु भयो तर यसका लागी बिदेशमा रहेको नेपालीहरुमा एकताको जरुरत रहेको भन्नु हुदै बिदेश बाट फर्कीएर हामीले कृर्षी प्रबिधीलाई मात्र अपनाउने हो भने हामीले समान्य जिविको पार्जन गर्न सहजहुने बताउनु भयो । 

हामी सबै यो बेला बिदेशमा छौ भोली अबश्य हामी फर्कन नै पर्छ तर फर्कीएर के गर्ने भन्ने सोचाई हामीले बनाउन सकेनौ भने बिदेशमा दुख गरेर कमाएको रकम केही महिनाका लागी मात्र हुने भएकोले समयमा नै आगामी योजना बनाएर थोरै मात्र बचत गर्ने हो भने पनी हामीले हाम्रो भबिष्य लाई सहज रुपमा अगाडी लैजान सक्छौ । त्यही भएर थोरै खर्च कटाएर सहकारी वा बैकमा बचत गर्नअनुरोध समेत गर्नु भयो । कार्यक्रममा तेलअभिव स्थीत लेवन्दा ३२ मा सन्चालन भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com