गज़ल :
आहा अति राम्री आज पैला काली थियौ
यस्तै मिठो बोलीले यो मन चोरी लियौ
कति सारै जानेको होला तनि फुर्काउन
कल्पनालाई फेरी स्वीटी उपनाम दियौ
बिस्तारै जिन्दगीमा सामेल गरि मलाइ
सहमतिमा दुइ मुटु एक पारि सियौ
सुस्त सुस्त पिरती सरे पछी फूल्दै गयो
भमरा बनि यौवनको रस सबै पियौं
मेरो मनको बगैचामा ढलिमली गर्दै
प्रेम प्यास त्यो तृप्त हुदा रमाएर जियौ
कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल