आगलागी पीडितलाई आर्थिक सहयोग I

चितवन मंसिर २६,

शिशिर सिंखडा : गत मंसिर १३ गते आगोलागी भई विचल्लीमा परेका पूर्वी चितवनको जुटपानी–३ जुटपानी बजारका दुई घर परिवारलाई आज आर्थिक सहयोग प्राप्त भएको छ । आगोलागी पीडित गोपीनाथ भट्टराई र धु्रब पोखरेललाई लायन्स क्लव अफ सिड्नीनेपाल, हिमालयइनकर्पोरेसन डिष्ट्रिक २०१ एन ५ का सदस्यहरुले अष्टेलियावाट संकलन गरेको ६० हजार रुपैया सहयोग गर ेका हुन । 

सो क्लवका सदस्य राजु थापा मार्फत पीडित परिवारलाई रकम हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण कार्यक्रममा खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरि भण्डारी, स्थानीय शिक्षक पुष्कल बस्नेत, र ाहत संकलन समितिका संयोजक पदम बहादुर अधिकारी लगायतले पीडित परिवार लाई सहयोगको खाचो रहेको बताउदै अन्य संघ संस्थाहरुले पनि सहयोग गर्न अनुरोध गर्नुभएको थियो । 

पीडित मध्यका भट्टराई परिवार स्थानीय आत्मज्ञान प्रचारक संघ र पोखरेल परिवार स्थानीय आमा समुहको भवनमा बस्दै आएका छन । उनीहरुको घरगोठ पूर्ण रुपमा जलेर नष्ट हुदा घर बनाउन र दैनिक गुजारा गर्न समस्या भएको छ ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com