चितवन रत्ननगर मंसिर २६,
१३ जयमंगलामा रहेको गामवेसीको चे
पाङ संरक्षण केन्द्रमा खाद्यान्न अभाव भएको
छ । दैनिक सहयोग संकलन गरिर चेपाङ
वालवालिकालाई आवासीय सुविधा सहित अध्ययन गर
ाईरहेको केन्द्रमा अहिले चरम खाद्यान्न अभाव
भएको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले
जानकारी दिनुभयो ।
केन्द्रमा आश्रित ५२ जना
बालबालिकाका लागि दैनिक ३० किलो चामल,१०
किलो आलु, १० किलो हरियो तरकारी,१ लिटर तेल
लगायत नुन र मसला आवश्यक पर्ने भएपनि प्र
याप्त सहयोग नजुटेका कारण अहिले दैनिक गुजार
ा चलाउन मुश्किल परेको अध्यक्ष शर्माले
बताउनुभयो । सहयोग गर्ने दाता भेटिए चेपाङ
उत्थानको अभियानमा टेवा पुग्ने पनि उहाँले
बताउनु भयो । भएको सबै खाद्यान्न सकियो
उहाँले भन्नुभयो अब बोरा बोकेर बजार
ढुल्नुको विकल्प छैन ।
उहाँले
छिटफुट सहयोग आईरहेको भएपनि त्यो प्र
याप्त नभएको बताउनु भयो । बालवालिकाको
संख्या धेरै छ उहाँले भन्नुभयो सानो परि
माणको खाद्यन्नले धान्न मुश्किल भयो । के
न्द्रमा चितवन र मकवानपुरका ८ जना
अपाङग सहित ५२ जना चेपाङ वालवालिकाले
आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन । के
न्द्रमा खाद्यान्न अभाव भएको थाहापाएपछि भर
तपुरको महेन्द्र ट्रयाक्टरका आधिकारिक विक्रे
ताको रुपमा पसल सञ्चालन गरिरहेका पुरुषोतम
अर्याल र उनकी पत्नी ससी अर्यालले
खाद्यान्न सहयोग गर्नुभएको छ । अर्याल
दम्पतीले आज संरक्षण केन्द्रमा पुगेर ५ बोर
ा चामल सहयोग गर्नुभएको हो ।