दुबई मंसिर २६,
निमकान्त पाण्डे : नयाँ बर्ष 2014 को अबसर पारेर चितवन समाज युएईले पिकनिक कार्यक्रमको आयोजना गर्ने भएको छ। पिकनिकबाट बचत रहेको रकम भरतपुर ११ मा स्थित (Unique Football Club - UFC ) बालबालिकाहरुको फुटबल क्लबका लागि खेलकुद सामग्री सहयोग प्रदान गर्ने लक्ष्यका साथ कार्यक्रम गर्न लागिएको समाजका कोषाध्यक्ष जगत क्षेत्रीले जानकारी दिनु भयो। बेला बखतमा युएईमा कार्यरत चितवन बासीहरुलाई एकै ठाउमा भेला पारि आपसी भेटघाट भाईचारा बढाउने उदेश्यले यस्ता किसिमका कार्यक्रमहरु चितवन समाजले गर्दै आईरहेको छ।
दुबईको अति रमणीय स्थल जाबील पार्क मा (वल्ड ट्रेडसेन्टर नजिकै) जनवरी ३ तारिक शुक्रबारका दिन गर्न गइरहेको यस बनभोज तथा नयाँ बर्षको शुभ-कामना आदन-प्रदान कार्यक्रममा उपस्थितिको लागि सम्पूरण चितवन बासि तथा तपाई हामी नेपाली दाजुभाई तथा दिदिबैनिहरुलाई यस समाजले हार्दिक निमन्त्रणा गरेको छ। समाजले मातृभूमि नेपाल अनि हामी सम्पूर्ण नेपालीहरुको शुख-शान्ति,उज्वल भविष्यको कामना गर्दै,बैदेशिक रोजगारीको यस अबसरमा अग्रेजी नयाँ बर्ष २०१४ लाई अविस्मरणीय बनाउनका लागि तपाईको गरिमामय उपस्थितिले समाजले लिएको सहयोगको प्रयासलाई सफल हुने मनोसाय राखेको छ।
कार्यक्रममा उपस्थितका लागि सम्पर्क
1. श्याम पोख्रेल 055 46 36 551
2. अस्मिता पाण्डे 055 71 60 389
3. थम प्रसाद सुबेदी 050 58 10 014
4. प्रविन बि क 055 32 18 155
5. रामु पौडेल 055 69 08 046
6. जगत क्षेत्रि 056 60 70 132
7. गणेश न्यौपाने 0553149958
8. मित्र पाण्डे 055 79 79 871
9. मनोज अर्याल 056 26 75 935
10.सीता बास्ताकोटि 055 30 35 985
कार्यक्रममा प्रबेश शुल्क ३० दिरम रखिएको छ।
कार्यक्रम स्थान : जाबिल पार्क , दुबई
मिति : ०३ जनवरी २०१४
समय : दिउसो १ वजेबाट कार्यक्रम सुरु हुने छ।