सामूहिक बलात्कारपछि डोमाको बीभत्स हत्या I

संखुवासभा, मंसिर २६ ,

सामूहिक बलात्कारपछि बीभत्स हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मकालु ७ उङि्सङका ३२ बषिर्या डोमा शेर्पाको सामूहिक बलात्कारपछि बीभत्स हत्या गरेका लाक्पावाङ्दी शेर्पा पक्राउ परेका हुन् । सामुहिक बलात्कारमा संलग्न फुदोर्ची शेर्पा भने फरार छन् । उनको खोजी भइरहेको प्रहरी नायब उपरिक्षक पवन गिरीले बताए । 

सामुहिक बलात्कार र हत्यापछि लाक्पावाङ्दी र फुदोर्चीले डोमाको साथबाट २ लाख रुपैयाँसमेत लुटेको गिरीले बताए । मदिरा सेवन गरेर डोमाको बलात्कारपछि हत्या गरेको पक्राउ परेका लाक्पावाङ्दीले प्रहरीलाई बयान दिएका छन् । जिल्ला प्रहरीमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा आरोपी लाक्पावाङ्दीले पहिले सहमतिमा यौन सम्पर्क गर्न प्रस्ताव राख्दा मृतक डोमाले नमानेपछि पटकपटक यातना दिएको बताए । 'पहिला सहमतिमा गरौ भन्यौ, उनले मानिनन् । त्यसपछि मेरो साथी फुदोर्चीले पटकपटक कुटे', उनले भने, 'त्यसपछि दुबै मिलेर बलात्कार गरेर हत्या गरेका हौ ।' 

लाक्पावाङ्दीले डोमाको साथबाट लुटेको २ लाखमध्ये ५० हजार लिएको बताए । डोमालाई सामुहिक बलात्कारपछि उनीहरुले मंसिर २ गते राति स्थानीय गोम्बे जंगलमा हत्या गरि ५० मिटर तल फालेको गिरीले बताए । अलैची सिमानाको विवादका कारण उनको हत्या गरेको बताए । सामूहिक बलात्कारपछि डोमाले दुबैलाई कानुनी कारबाही गर्ने भनेपछि यातना दिँदै हत्या गरिएको लाक्पावाङ्दीले बयान दिएका छन् । उनले सामूहिक बलात्कार डोमाको गुप्ताङ्गमा ३ फुटको घोचा छिराएर हत्या गरेको स्वीकारेका छन् । 

पक्राउ परेका लाक्पावाङ्दीलाई प्रहरीले बलात्कार, कर्तव्य ज्यान र लुटपाट मुद्दा चलाएको जानकारी दिएको छ । घटनामा संलन फरार फुदोर्चीको भने खोजी भइरहेको छ । फुदोर्चीको तस्बिर मातहतका सबै प्रहरीमा पठाएका छौं, गिरीले भने, उसको तस्बिर जिल्ला बाहिरका प्रहरी कार्यालयमा पनि पठाएर खोजी तीब्र पारेका हौं । प्रहरीले उनको साथबाट नगद १४ हजार बरामद गरेको छ । नाबालिका बलात्कृत पर्सा- यहाँकी एक बालिका आफन्तबाटै बलात्कृत भएकी छन् । 

वीरगन्ज १६ की २ वर्ष १० महिनाकी बालिका दाइ पर्ने १४ वर्षीय किशोरबाट बलात्कृत भएको प्रहरीले जनाएको छ । स्थानीय कलामुद्दिन मन्सुरीलाई बालिका जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक धीरजप्रताप सिंहका अनुसार बालिकाका आफन्तले दिएको सूचनाका आधारमा कलामुद्दिनलाई पक्राउ गरिएको हो । उनले बालिकालाई शनिबार जबर्जस्ती करणी गरेका थिए । बालिकाले आफ्नो यौनांग दुखेको र कलामुद्दिनले जबर्जस्ती गरेको बताएपछि घटना सार्वजनिक भएको हो । (कान्तिपुर-बाट)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com