भर्जिनिया (अमेरिका) मङ्सिर २६,
विजय थापा : अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मा(बिध्या वारिधि )ले बिश्व कै उत्कृष्ट अमेरिकाको बोस्टन स्थित हार्वर्ड विश्व बिद्यालयमा आयोजना भएको कार्यक्रममा नेपाल निर्वाचन २०१३ सम्बन्धि सम्बोधन गर्नु भएको छ ।
केनेडी पाठशाला ,भारत तथा दक्षिण एसिया कार्यक्रमको सयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा राजदूत शर्माले नेपाल निर्वाचन २०७० नया संबिधानका निर्माणका अवसर तथा समाबेशी वृद्धि बारेमा हार्वर्ड केनेडी बिद्यालयका बिद्यार्थी तथा दक्ष संकायका श्रोतागण बिच विचार बिमर्श गर्नु भएको छ ।
उक्त कार्यक्रममा राजदूत डा शर्माले थप जानकारी दिदै यस पटकका नेतृत्व वर्गलाई निक्कै दबाब भएको छ किनभने कुनै पनि हालतमा परिणाम जनतालाई दिनु पर्ने बाध्यता छ भन्नु भयो । राजदूत शर्माले नेपाली जनता केवल नया संबिधान निर्माण मात्र चाहना नराखी मुलुकमा वास्तविक स्थायित्व र वृद्धि चाहन्छन भन्दै यसपाली के फरक हुन्छ ? र यस पालिको राजनीतिमा के परिवर्तन जस्तो होला भने बिषयमा केन्द्रित हुनु भएको थियो ।
नेतृत्वको चुनौती र अवसर बारेमा चर्चा गर्दै २०१३ मा भएको निर्वाचनको परिणामले नया संबिधान निर्माण गर्न गर्ने छ ,स्थायित्व सरकार हुनुको साथै समाबेसीमा वृद्धि हुने छ भन्ने विचार राख्नु भयो । आफ्नो मन्तब्य राख्दै नेपालको वर्तमान ईतिहासको उल्लेख गर्दै संबिधान सभाले संबैधानिक प्रकिया मार्फत बहु जातीय संघियता तथा मुलुकको आर्थिक चुनौतिहरुलाई सम्बोधन गर्ने छ । नेपालको प्रमुख तथा प्रतिस्प्रधात्मक क्षेत्र भनेको कृषि ,पर्यटक ,जल बिद्युत रहेको भएता पनि हामी अन्तरराष्ट्रिय दात्री संस्थाहरुसंग निर्भर रहनु पर्ने अवस्था भएकोले यी क्षेत्रहरु जोड दिनु पर्ने बिचार राख्नु भयो ।
नेपाल बिश्व कै अद्वितीय पर्यटक गन्तब्य मुलुक हुन सक्ने बताउनु भयो । एउटा नया संबिधानको विकास गर्नको लागि ४ बर्ष को समयको पुरा लाभ लिने क्रममा राजदूत शर्माले सुझाब दिदै नेपालका राजनैतिक दलले आफ्ना असहमतिलाई सुल्झाउनु पर्ने प्रमुख दायित्वको चर्चा गर्नु भयो । उक्त कार्यक्रमको सभापतित्व प्राध्यापक डेविड किङ्गले गरेका थिए । हार्वर्डका पुकार मल्ल बिज्ञ मण्डल (प्यानल )को तर्फबाट छलफलमा भाग लिएका थिए भने संकायका सदस्य तथा बिद्यार्थीहरुपनि उपस्थित भएका थिए ।