रत्ननगर ०९ ,
पुस
निशुल्क स्वास्थ्य सहायक (एचए) पढन नाम
निकालेका एक चेपाङ युवालाई पिठुवामा रहेको
जयबागेश्वरी इँटा उद्योगका सञ्चालक हरिकृष्ण
महर्जनले सहयोग गर्ने भएका छन ।
पढन शुल्क नलाग्ने भएतापनि आर्थिक अभावका
कारण अध्ययन गर्न नसकेका सिद्धि–८ बासपानीका
चन्द्रबहादुर चेपाङलाई खान,बस्नका लागि चाहिने
सम्पूर्ण खर्च आफुले जुटाईदिने महर्जनले
बताएका छन ।
२०६९ सालको एसएलसी परीक्षामा ६६
प्रतिशत अंक ल्याई उत्तीण भएका चन्द्रबहादुर
ले एचए पढन पोलिटेिक्नक इन्ष्टिच्युट भो
जाडमा निशुल्क कोटामा नाम निकालेका थिए ।
आर्थिक अभाबका कारण पदमपुरमा रहेको साथीको घर
मा बसेर आवत जावत गर्ने चन्द्रबहादुरको दुखको वारे
मा सञ्चार माध्यममा समाचार आएपछि इँटा व्यवसायी
महर्जनले सहयोग गरेका हुन ।
व्यवसायी महर्जनले
चन्द्रबहादुरले पढने अबधिभर सहयोग गर्ने प्र
तिबद्धता पनि जनाएका छन । गामवेसीको चेपाङ संरक्षण
केन्द्रका अध्यक्ष केपिकिरण शर्माको ६ महिना दे
खिको निरन्तताको पहलमा यो सम्भब भएको हो ।