गज़ल :
देशको लागि छिटो छिटो संविधान चाहियो अब
अविश्वास र अशान्तिको अवसान चाहियो अब
धेरै पल्ट देखेका छौं कुर्सी तान्ने खेल मात्रै
इमान्दार र निष्ठाबादी भगवान चाहियो अब
मूर्खको त खाँचो छैन जता ततै भेटिन्छन् ती
सरकारमा राष्ट्र प्रेमी बुद्धिमान चाहियो अब
लगातारका मतभेदले पछि परे धेरै कुरा
दिगो विकास गर्न सक्ने बलिदान चाहियो अब
बाँच्न पाऊन् नेपालीले सुख,शान्ति,सम्वृद्धिमा
तीन कोटी आँगनमा सुनको बिहान चाहियो अब
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका