गजल : By, खगेन्द्र अधिकारि 'अमृत'



 गजल :

पिठ्यूमा भारी बोकेकै बेश थियो
कोदाको रोटी टोकेकै बेश थियो

परार्इका यी शासन खेप्नु भन्दा
एकसय ज्याला तोकेकै बेश थियो

बसी रानीवनका कोइलीहरु संगै
देउडा दोहोरी घोकेकै बेश थियो

भ्रष्ट घुस्याहाले खाएको देशमा
भ्रष्टका तालुमा ठोकेकै बेश थियो

आफ्नै देशमा रोजगारी दिलार्इ
विदेशीने युवा रोकेकै बेश थियो

 खगेन्द्र अधिअकरि 'अमृत'
दैलेख , हाल साउदी 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com