गज़ल : By, कोमल भट्ट



 गज़ल : 

तिम्रै लागि रचिएका गीत गज़ल बिर्स्यौ क्यारे
वियोगले तड्पिएर बस्छ घायल बिर्स्यौ क्यारे

छमछमी नाचेकी थ्यौ सुरिलो त्यो भाका सँगै
झ्याउरेमा बजाएको घिन्ताङ् मादल बिर्स्यौ क्यारे

अप्सरा नै हौ कि भन्ने लागेको थ्यो रूप देख्दा
कति राम्रो सुहाएको बुट्टे आँचल बिर्स्यौ क्यारे

सिरी सिरी बतासले मायाँ गाँस्थ्यो लजाएर
वर पिपल चौतारीमा खोज्थ्यौं शीतल बिर्स्यौ क्यारे

भक्ति भाव दर्शाउँदै पूजा आजा गर्थ्यौं हामी
देवी माता ईश्वरीको अग्लो देवल बिर्स्यौ क्यारे

अधुरो भो,जीन्दगीभर सँगै बस्ने धोको हाम्रो
कठोर भै बसेकी छ्यौ,खै त "कोमल"?बिर्स्यौ क्यारे

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
 हाल:-न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com