रत्ननगर मंसिर १८ ,
शिशिर सिंखडा : नेपाली काँग्रेसका नेता तथा चितवन क्षेत्र नं. २ बाट
निर्वाचित सभासद शेषनाथ अधिकारीले विकास निर्माण र जनताको
जिविकोपार्जनको मुद्धामा आफु सहयात्री बन्ने बताउनु भएको
छ ।
पूर्वी चितवन पत्रकार मञ्चले आज विहान रत्ननगरमा गरेको
पत्रकार सम्मेलनमा बोल्दै उहाँले संविधान निर्माण संगै
स्थानीय स्तरका समस्या सामाधानको लागि जनता माझ रहने प्र
तिबद्धता जनाउनु भयो ।
टिकौलीमा क्षेत्रीय रंगशाला, रत्ननगर
मा सिटीहल निर्माण,कयर र राप्ती नदिमा तटबन्धन र रत्ननगर
अस्पतालको विकासका लागि प्रयत्नशिल रहने उहाँको भनाई रहे
को थियो ।
राष्ट्रिपति परिर्वतनको मुद्धाले सरकार गठनको विषयमा दलहरु
बीच असहाति उत्पन्न भईरहेका बेला नेता अधिकारीले र
ाष्टपति परिर्वतनको खेलले फेरी पनि संविधान नबन्ने संके
त गरेको बताउनु भयो ।
मञ्चका अध्यक्ष होमनाथ सापकोटाको
अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभासद अधिकारीले पूर्वी
चितवनका जुटपानी,पिठुवा,पदमपुर,शक्तिखोर,सिद्धि,चैनपुर क्षे
त्रका हरेक विकास र जनताको सुख दुखमा आफु सधै साथ रहने
बताउनुभयो ।