गीत: *कस्तो दिनमा भेट भयो * :By, बिमला अधिकारी



गीत: *कस्तो दिनमा भेट भयो * 

कस्तो दिनमा भेट भयो दैव उनी सित
दु:ख पछी सुख आउने साँचो रैछ रित !
*

अनगिन्ति रहर हरु मन भित्र साँची रहे
पुरा हुने आशा बोकी पलपल मर्दै बाँची रहे
कहिले काहीं मिल्दो रैछ हार भित्र जित
कस्तो दिनमा भेट भयो दैव उनी सित !
*

सपनाहरु टुक्रिदिंदा मरेको थ्यो आश
जब भेटे उनीलाई लाग्यो जीवन खास
ऊ जन्ममा पक्कै मेरो रैछन क्यारे मित
दु:ख पछी सुख आउने साँचो रैछ रित !
*
कस्तो दिनमा भेट भयो दैव उनी सित
दु:ख पछी सुख आउने साँचो रैछ रित ! *

बिमला अधिकारी
भरतपुर,चितवन

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com