काठमान्डौ कार्तिक २६,
उद्धव तामाङ्ग : लक्ष्मी प्रतिस्ठान सस्था जसलाई सब्दमा बर्नण गरेर, भाब ब्यक्त गरेर कहिले सकिन्न । गत शनिबार लक्ष्मी प्रतिस्ठानद्वारा संचालित रुम टु रिडको सहयोगमा काभ्रे स्थित अनैकोट-८, गा.वि.स.मा स्थापना भएको श्री बाल प्रतिभा नि.मा.वि. स्कूलमा एक भव्य समाहोहको विच "सपना पुस्तकालय"को स्थापना गरेको छ ।
उक्त समारोहमा विभिन्न विशिष्ट व्यक्तिहरु लगायत अभिभाबकको पनि उपस्थिति रहेको थियो, कार्यक्रमको शुरुवातमा उपस्थित महानुभाबहरुलाई ब्याज लगाएर फूलमालाले सजाएर आसन ग्रहण गराइएको थियो । त्यसै गरि सस्थाको अदक्क्ष बिष्णु गौतले लाउ लाउ खाउ खाउ भन्ने बेलामा आफ्नो हुन्हार दुइ छोरा सडक दुर्घटनामा परि देह्बसान भएको बारे दुखद चर्चा गर्दै उपस्थित सम्पूर्णलाइ भाबुक बनाउदै आफ्नो मन्तब्य राख्नु भएको थियो ।
साथै उपस्थित केहि महानुभाबले ल्याउनु भएको साहित्यिक पुस्तकहरु पनि उक्त पुस्तकालयलाइ हस्तान्तरण पनि गरिएको थियो ।
यसै अबसरमा बरिस्ट साहित्यकार लेखक प्रतिक ढकाल लगाएत अन्य अतिथिहरुले क्रमस आफ्नो भनाइहरु कार्यक्रममा राख्नु भएको थियो । रुम टु रिडको सहयोग तथा लक्ष्मी प्रतिस्ठानको व्यवस्थापनमा क्यानडामा रहेकी साहित्यकार तथा समाजसेवी नेपाली चेली सपना गौतमको बाहुलीबाट रिबन काटेर "सपना पुस्तकालय" को उद्घाटन गरिएको थियो ।
===>> Video . . . . . By, Udhav Tamang . . . .
===>> Video . . . . . By, Udhav Tamang . . . .