हिमाली जिल्ला मुस्ताङ खुल्ला दिशामुक्त जिल्ला घोषणा I

जोमसोम,मुस्ताङ, मसिंर १४, 

चन्द्रश्वर बस्ताकोटी : सुन्दर पर्यटकीय हिमाली जिल्ला मुस्ताङलाई शुक्रवार एक कार्यक्रमका बीच खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको छ । 

प्रमुख अतिथि स्थानिय बिकास तथा सघिंय मामिला मन्त्री बिद्याधर मल्लीक तथा बिषेश अतिथी मुस्ताङवाट सबिधान सभाका लागि नव निर्वाचीत सभाषद रोमी गौचन थकाली लगायत उपस्थित सबैले खुल्ला दिशा मुक्त जिल्ला घोषणाको एक्येवद्धता प्र कट गर्नु भयो । 

नेपालको ११ औ र हिमाली जिल्लाको पहिलो खुल्ला दिशामुक्त जिल्ला मुस्ताङमा प्रमुख पर्यटकीय स्थल निलगिरी, धौलागिरी, मुक्तिक्षेत्र, कागबे नी, दामोदर कुण्ड, लोमान्थाङ लगायत रहेका छन । १६ गाबिस रहेको मुस्ताङका १ हजार ५ सय ५ शौचालय बनाइएको छ । जिल्लावासीलाई शौचालय प्रयोग गर्ने जनचेतनामुलक कार्यक्रमहरुका साथै पर्यटकीय तथा सार्वजनिक स्थलहरुमा प्रयाप्त मात्रामा शौचालय बनाइएको र थप केहि शौचालय बनाउदै गरेको कार्यक्रमका सभापति एव स्थानिय बिकास अधिकारी डिल्लीराम सिग्देलले बताउनु भयो । 

मार्फाको पुथाङ एयर पोर्टवाट वाजागाजा स्थानिय भेषभुषाका साथ शुरु भएको प्रभात ¥याली जो मसोम गाबिसको सामुदायीक सभाहलमा सभामा परिणत भएको थियो । सो कार्यक्रममा स्थानिय बिकास मन्त्रालयका सचिब, डोलीडारका प्रमुखका साथै जिल्लाबासी, पर्यटक, कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com