गजल :
मिल्थ्यो होला कुरा मेरो तरले बिगार्यो
हुन्थ्यो होला नजिक ऊ परले बिगार्यो
रून्थें होला डाकै छोडि चोटहरू खाँदा
चोट सहि हाँस्नु पर्ने करले बिगार्यो
जसरि नि पाउँछु भनि जबर्जस्ती गर्न
गरिवीले बनाएको डरले बिगार्यो
समाजमा मैले गुहार मागु भने पनि
उसंगको नमिल्ने त्यो थरले बिगार्यो
महलको धाक देखाइ झुटो बोल्न पनि
त्यो खरले छायको यो घरले बिगार्यो
मिल्थ्यो होला कुरा मेरो तरले बिगार्यो
हुन्थ्यो होला नजिक ऊ परले बिगार्यो
सोम कृष्ण श्रेष्ठ
भिनपा २, दोलखा