गजल : BY, कल्पना राई"खुशी"



गजल : 

निमेस भरको भेट सम्झना भो सधैंलाई l
हँसिलो मुहार उन्को कल्पना भो सधैंलाईll

आँशुको गहमा देख्छु प्रतिबिम्ब अझै पनि,
नमेट  त्यो रुप  प्रभु  प्राथना भो  सधैलाईll

धरती आकाश हामी  सुन्यतामा मेल हुदां,
आत्माले गाउने मिठो बन्दना भो  संधैलाईll

सागर किनार  छुन्छ  लहर को  रुप फेर्दै
मिलन भएर  पनि  एक तृष्णा भो संधैलाईll

खुशी थ्यो प्रकृति हिजो हामी संगै हाँस्दै बाँच्दा,
वियोगमा गजल यौटा सिर्जना भो संधैलाईll

कल्पना राई"खुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com